एभरेष्ट महिला भलिबल लिग: ललितपुर क्विन्सको लगातार दोस्रो जित

धरान | भदौ २१, २०८२

एभरेष्ट महिला भलिबल लिग: ललितपुर क्विन्सको लगातार दोस्रो जित

पोखरा:   साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ । 


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं  स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर  शीर्ष स्थानमा छ । 


ललितपुरले काठमाडौंलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो । ललितपुरले पहिलो खेलमा पनि मधेश युनाईटेडलाई सोझो सेटमा पराजित गरेको थियो । 


आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्